आइतबार, कार्तिक १६ गते २०८३
images
images

विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग

एक्सप्रेस पाना
आषाढ २, २०८३ मंगलबार
  • 104
    SHARES
  • विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

    images

    मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था सबै नागरिकको पहुँचमा नरहेको बताए।

    उनले विश्वकपप्रति आम जनताको उच्च चासो रहेको उल्लेख गर्दै शुल्कका कारण धेरै नागरिक प्रत्यक्ष प्रसारण हेर्नबाट वञ्चित हुनुपरेको बताए।

    images

    सांसद हमालले सभामुखमार्फत नेपाल सरकारसँग नेपाल टेलिभिजनबाट विश्वकपका खेलहरू निःशुल्क प्रसारण गर्ने व्यवस्था मिलाउन माग गरे। 

    ‘विश्वकपमा अहिले सबैको चासो छ । मेरो पनि चासो छ ,तर हेर्न ९९९ सय तिर्नुपर्छ जुन सबैको पहुँचमा छैन्,’ उनले भने,‘अब त पुग्यो होला नि । कमसेकम आम्दानी उठिसक्यो होला। त्यसैले सभामुखमार्फत माग गर्छु । नेपाल सरकारले आफ्नो टेलिभिजनमार्फत यसलाई निशुल्क उपलब्ध गराउन तथा सेवा प्रदायकहरुलाई पनि यो कुरा सुनिदिनको लागि आग्रह गर्दछु ।’

  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट