बुधबार, भाद्र २४ गते २०८३
images

रास्वपा महाधिवेशनमा बाबुराम भट्टराई र वर्षमान पुनको उपस्थिति

एक्सप्रेस पाना
आषाढ ७, २०८३ आइतबार
  • 108
    SHARES
  • रास्वपा महाधिवेशनमा बाबुराम भट्टराई र वर्षमान पुनको उपस्थिति

    काठमाडौं । रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित हेस्ट हाउस चौरमा सुरू हुँदैछ ।

    images

    महाधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेकपा नेता वर्षमान पुन कार्यक्रस्थलमा पुगिसकेका छन् ।

    रास्वपाले शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो।

    images

    कार्यक्रम स्थलमा रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटी, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रवक्ता मनिष झा लगायत केही नेताहरू भने छन् । महाधिवेशनमा प्रधानमन्त्री बालेन शाह, सभापति रवि लामिछानेलगायत पदाधिकारीहरू आइपुगिसकेका छैनन्।

    दिउँसो २ बजे कार्यक्रम उद्घाटन गर्ने भने पनि अहिलेसम्म सुरू हुन सकेको छैन ।

     

  • सम्बन्धित विषय:

  • # डा.बाबुराम भट्टराई
  • # रास्वपा महाधिवेशन