शनिबार, भाद्र २७ गते २०८३
images

फिफा विश्वकप : नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को अन्तिम १६ मा प्रवेश

एक्सप्रेस पाना
आषाढ १६, २०८३ मंगलबार
  • 75
    SHARES
  • फिफा विश्वकप : नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को अन्तिम १६ मा प्रवेश

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । 

    images

    मंगलबार बिहान सम्पन्न भएको खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । मोरक्को पेनाल्टिमा ३—२ अन्तरले विजयी भएको छ ।

    खेलको ७२औं मिनेटमा नेदरल्यान्ड्सका कोडी गाक्पोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा इस्सा डियोपले चेम्स्दिन ताल्बीको पासमा गोल गर्दै मोरक्कोलाई १—१ को बराबरी बनाए । 

    images

    निर्धारित समय र अतिरिक्त समय १—१ को बराबरीमा सकिपछि पेनाल्टी सुटआउटबाट भएको हो ।

    जहाँ मोरक्को २–३ ले विजयी भयो । मोरक्कोले अब अन्तिम १६ मा क्यानडासँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप