शनिबार, भाद्र २७ गते २०८३
images

पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना संक्रमण , ८ को मृत्यु

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 639
    SHARES
  • पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना संक्रमण , ८ को मृत्यु

    कात्तिक १४ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८९९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०७ हजार १०५ पुगेको छ ।

    त्यस्तै  पछिल्लो २४ घण्टामा देशभर ५ सय १८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९१ हजार ७८७ पुगेको छ । यता पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४०७ पुगेको छ ।

    images