काठमाडौं । विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा थुनामा नराखी साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ।
शुक्रबार विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले प्रारम्भिक सुनुवाइपछि पौडेललाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकाल्दै उक्त आदेश दिएको हो।
असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका क्रममा विशेष अदालतले पटक–पटक म्याद थप गर्दै हिरासतमा राख्न अनुमति दिएको थियो।


