आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

एक्सप्रेस पाना
श्रावण १३, २०८३ बुधबार
  • 130
    SHARES
  • कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ८३ वर्षको उमेरमा मंगलबार निधन भएका श्रेष्ठको बुधबार हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको हो ।

    images

    श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । सो अवसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका श्रेष्ठको निधनले पार्टी र नेपाली राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # गोपालमान श्रेष्ठ