शनिबार, भाद्र २७ गते २०८३
images

५ सय ३३ जनामा कोरोना पुष्टि, ४ सय ९० जना संक्रमण मुक्त, ९ को मृत्यु

एक्सप्रेस पाना
कार्तिक १५, २०७८ सोमबार
  • 250
    SHARES
  • ५ सय ३३ जनामा कोरोना पुष्टि, ४ सय ९० जना संक्रमण मुक्त, ९ को मृत्यु

    कात्तिक १५ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको कुल संख्या ९ हजार ३१८ जना रहेका छन् ।

    त्यस्तै  पछिल्लो २४ घण्टामा देशभर ४ सय ९० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९२ हजार २७७ पुगेको छ । यता पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ ।

    images