आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

एक्सप्रेस पाना
भाद्र १, २०८३ सोमबार
  • 120
    SHARES
  • भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् । 

    images

    सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान गरिएको हो ।  

    तीन दिने नेपाल भ्रमणका लागि सेठ आइतबार अपरान्ह नेपाल आइपुगेका हुन् । उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवम् नेपालका लागि भारतका राजदूतको उपस्थिति रहेको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # धिरज सेठ
  • # मानार्थ महारथी