मंगलबार, भाद्र २३ गते २०८३
images

खगेन्द्र सुनारको चुनौती:आरोप गलत लागे अदालत जानू,कठघरामा उभिएर जवाफ दिन तयार छु

एक्सप्रेस पाना
भाद्र ४, २०८३ बिहीबार
  • 87
    SHARES
  • खगेन्द्र सुनारको चुनौती:आरोप गलत लागे अदालत जानू,कठघरामा उभिएर जवाफ दिन तयार छु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेको बताएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने बताएका हुन् । 

    images

    उनले भने, ‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन ? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ । निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु ।’

    उनले आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न चुनौती दिए । उनले सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न नपाइने बताए । 

    images

    उनले भने, ‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु । तर एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन ।’

  • सम्बन्धित विषय:

  • # खगेन्द्र सुनार