मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट

एक्सप्रेस पाना
भाद्र १७, २०८३ बुधबार
  • 95
    SHARES
  • रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे ।  

    images

    खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए । विपद् लगत्तै उद्धार कर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिए ।

    भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चिनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण हेने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गरे ।

    images

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने