शनिबार, भाद्र २७ गते २०८३
images

आज थप ४६९ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

एक्सप्रेस पाना
कार्तिक १६, २०७८ मंगलबार
  • 315
    SHARES
  • आज थप ४६९ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

    कात्तिक १६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २८७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको कुल संख्या ९ हजार १७४ जना रहेका छन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ सय ५५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९२ हजार ८३२ पुगेको छ । यता पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४२७ पुगेको छ ।

    images

    No photo description available.