कात्तिक १७ काठमाडौं । नेवाः विद्यार्थीहरूको साझा संगठन नेवाः विद्यार्थी युनियनको विशेष सकृयतामा काठमाडौं प्रदर्शनी मार्ग रहेको रत्न राज्यलक्ष्मी क्याम्पसमा एम.ए. तहमा नेपाल भाषा समावेश गराउन सफल भएको छ ।
यस एैतिहासिक कार्यका निम्ति काठमाडौं र रत्न राज्यलक्ष्मी क्याम्पसबीचमा सहकार्य भएपछि यसै बर्षदेखि शैक्षिक वर्ष २०७८/७९ देखि स्नातकोत्तर तहया प्रथम सेमेस्टरको भर्ना खुलेको हो ।
नेवा विद्यार्थी युनियनका अध्यक्ष रिदेन मर्हजन र सचिव प्रशान्त डंगोलका अनुसार यस अभियानमा लामोसमयको संघर्ष पश्चात अभियान सफल भएकाले नेपाल भाषा अध्ययन गर्न चाहने सम्पूर्ण विध्यार्थीहरूलाइ आवेदन फारम भर्न अनुरोध गरेका छन् ।
रत्न राज्यलक्ष्मी क्याम्पसका नेपाल भाषा शिक्षक प्रा.डा. चन्द्रमान बज्राचार्यले नेपाल भाषा विद्यार्थीहरूका लागि आफूले सक्दो सहयोग गर्न आफू तयार रहेकाले विध्यार्थी संख्या बढाउन सम्पुर्ण भाषासेवीहरुलाई विशेष अनुरोध गरेका छन् । आवेदन फाराम अन्तिम मितिः २०७८ साल कार्तिक २२ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ।


