कात्तिक १७ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९१३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०८ हजार ५५४ पुगेको छ । त्यस्तै कोरोना भाइर संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ३९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ ।
यसैगरी आज थप ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ ।


