शनिबार, भाद्र २७ गते २०८३
images

आज थप १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
कार्तिक १९, २०७८ शुक्रबार
  • 315
    SHARES
  • आज थप १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि

    कात्तिक १९ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८४४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०९ हजार ०९३ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ सय ४९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९४ हजार ४३८ पुगेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ ।

    images