आइतबार, भाद्र २८ गते २०८३
images

आज थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
कार्तिक २०, २०७८ शनिबार
  • 316
    SHARES
  • आज थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

    कात्तिक २० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९३२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०९ हजार २३२ पुगेको छ । आज थप देशभर ३ सय ९६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९४ हजार ८३ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३९ पुगेको छ ।