कात्तिक २१ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३३३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०९ हजार ३७५ पुगेको छ । आज थप देशभर ५ सय ६३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९४ हजार ६४६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ ।

