आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेसको स्थानिय वडा अधिवेशन स्थगित

एक्सप्रेस पाना
श्रावण ९, २०७८ शनिबार
  • 352
    SHARES
  • कांग्रेसको  स्थानिय वडा अधिवेशन स्थगित

    काठमाडौँ ।  नेपाली कांग्रेसको आगामी महाधिवेशनअन्तर्गत साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ।शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले कोरोना संक्रमण र समय अभावका कारण साउन १२ गतेको वडा अधिवेशन स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

    images

    प्रवक्ता शर्माले क्रियाशिल सदस्यता छानविन समितिले धेरै स्थानको सदस्यताको टुंगो लगाइसकेको र साउन १२ गते समितिले तयार गरेको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने समेत जानकारी दिए।

    उनले भने, ‘साउन १२ गते बिहान ९ बजे प्रतिवेदन हस्तान्तरण गर्नुहुनेछ। साउन १२ गतेपछि छलफल गरेर वडा अधिवेशनको नयाँ मिति तय गर्छौं ।’ अधिकांश स्थानको क्रियाशिल सदस्यता विवाद समाधान भइसकेको र केही स्थानको टुंगिन बाँकी रहेको प्रवक्ता शर्माले जानकारी दिए।

    images

    वडा अधिवेशन प्रभावित भएसँगै कांग्रेसको आगामी भदौका लागि तोकिएको महाविधेशनसमेत सर्नसक्ने सम्भावना रहेको तर तोकिएको मितिमा महाधिवेशन गर्न कांग्रेसले प्रयत्न भने गरिरहने प्रवक्ता शर्माले जानकारी दिए ।