आइतबार, भाद्र २८ गते २०८३
images

चीनले दियो नेपाली सेनालाई ३ लाख डोज खोप

एक्सप्रेस पाना
कार्तिक २२, २०७८ सोमबार
  • 255
    SHARES
  • चीनले दियो नेपाली सेनालाई ३ लाख डोज खोप

    कात्तिक २२ काठमाडौं । चीनले नेपाली सेनालाइ कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप प्रदान गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार जंगी अड्डामा पुगेर प्रधानसेनापति प्रभुराम शर्मालाई खोप हस्तान्तरण गरेकी हुन्।

    images

    चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो । नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो । खोप हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिएका छन् । चीनले नेपाललाई कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री अनुदानमा सहयोग गर्दै आएको छ।