शनिबार, भाद्र २७ गते २०८३
images

मुलुकभर ३१७ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

एक्सप्रेस पाना
कार्तिक २५, २०७८ बिहीबार
  • 470
    SHARES
  • मुलुकभर ३१७ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    कात्तिक २५ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा कोरोना भाइरस संक्रिय संक्रमितको कुल संख्या ७ हजार ५३५ पुगेको छ । आज थप देशभर २ सय ७९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९७ हजार ०५९ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ ।

    No photo description available.

    images