कात्तिक २६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रिय संक्रमितको कुल संख्या ७ हजार ४९८ पुगेको छ । आज थप देशभर २ सय ८९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।



