आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिगमनले देश अप्ठेरो स्थितीमा पुग्यो : ओली 

एक्सप्रेस पाना
श्रावण १०, २०७८ आइतबार
  • 376
    SHARES
  • प्रतिगमनले देश अप्ठेरो स्थितीमा पुग्यो  : ओली 

    काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनले देशलाई अप्ठेरो  स्थितीमा पुर्‍याएको बताएका  छन् ।  अध्यक्ष ओलीले मुलुकको राजनीति धेरै अप्ठेरो मोडमा पुगिसकेको बताएका हुन् ।  अखिल नेपाल महिला संघको बैठकलाई आइतबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

    images

    एमालेकै नेताहरूका कारण अहिलेको अवस्था सिर्जना भएको र यसलाई सच्याउन जटिल रहेको उनले बताए। माधव नेपालको नामै नलिई पार्टीभित्रकै केही तत्त्व सरकार ढालेर प्रतिगमन गराउन सफल भएको आरोप लगाएका हुन्। ओलीले सर्वोच्च अदालतबाट प्रधानमन्त्री नियुक्त हुने व्यवस्थालाई प्रतिगमनको संज्ञा दिएका हुन्। अध्यक्ष ओलीले माधव नेपालतर्फ संकेत गर्दै पार्टीमा अपराध कर्मको नेतृत्व गरेका नेता फर्किनेमा आशा नगरेको बताए।

    ‘प्रतिक्रियावादीसँग भित्री साँठगाँठ सरकार ढाल्ने र पार्टी फुटाएर सजिलो बनाइदिएको देखिरहेका छौँ । ओलीले देशको सबैभन्दा ठूलो जनसंख्या नेकपा एमालेको साथमा रहेको भन्दै वैचारिक बहसमा उत्रिन आग्रह गरे।

    images