शनिबार, भाद्र २७ गते २०८३
images

पछिल्लो २४ घण्टामा २ सय ९५ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
कार्तिक २७, २०७८ शनिबार
  • 506
    SHARES
  • पछिल्लो २४ घण्टामा २ सय ९५ जनामा कोरोना संक्रमण

    कात्तिक २७ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ११ हजार ७४७ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४ सय ७८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९७ हजार ८२६ पुगेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ ।

    images