शनिबार, भाद्र २७ गते २०८३
images

आज थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
कार्तिक २८, २०७८ आइतबार
  • 281
    SHARES
  • आज थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि

    कात्तिक २८ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६०६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९८ हजार १७४ पुगेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ ।

    images