शनिबार, भाद्र २७ गते २०८३
images

मुलुकभर ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
कार्तिक २९, २०७८ सोमबार
  • 382
    SHARES
  • मुलुकभर ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

    कात्तिक २९ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १२ हजार ४६९ पुगेको छ ।

    images

    पछिल्लो २४ घण्टामा २७० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ ।