शनिबार, भाद्र २७ गते २०८३
images

आज थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

एक्सप्रेस पाना
कार्तिक ३०, २०७८ मंगलबार
  • 345
    SHARES
  • आज थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

    कात्तिक ३० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १४९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १२ हजार ८४६ पुगेको छ ।

    images

    पछिल्लो २४ घण्टामा १७० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।