शनिबार, भाद्र २७ गते २०८३
images

आज र भोली ललितपुर महानगरले भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

एक्सप्रेस पाना
मंसिर २, २०७८ बिहीबार
  • 522
    SHARES
  • आज र भोली ललितपुर महानगरले भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

    मंसिर २ काठमाडौं । आज र भोलि दुई दिन ललितपुर महानगरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ । खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्नु पर्नेछ । खोप लगाउन जाँदा अनिवार्य रुपमा पहिलो मात्रा खोप लगाएको कार्ड समेत साथमा लिएर जानुपर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो । 

    images

    उहाँका अनुसार बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म खोप लगाइनेछ । आज लगाउन छुटेका व्यक्तिले भोलि समेत खोप लगाउन पाउनेछन् ।