आइतबार, कार्तिक १६ गते २०८३
images
images

महन्थ ठाकुरले दिएको 'हेड काउन्ट' निवेदन स्विकृत नहुने 

एक्सप्रेस पाना
श्रावण ११, २०७८ सोमबार
  • 294
    SHARES
  • महन्थ ठाकुरले दिएको 'हेड काउन्ट' निवेदन स्विकृत नहुने 

    काठमाडौँ । महन्थ ठाकुरले दिएको 'हेड काउन्ट' निवेदन स्विकृत नहुने भएको छ ।  निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन अस्वीकृत गरेको छ।

    images

    सोमबार ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै आयोगमा निवेदन दिएपछि आयोगले इजलासबाट भएको निर्णय भएकाले निवेदन स्वीकार गर्न नसकिने जनाएको हो।

    यसअघि सोमबार बिहान बसेको ठाकुर पक्षको बैठकले आयोगमा निवेदन दिने निर्णय गरेको थियो। अहिले आयोगमा हेडकाउन्ट गर्ने क्रम जारी रहेको छ भने ठाकुर पक्षका मनिष सुमनलगायत पनि यादव पक्षतिर लागेका छन्।

    images

    आयोगमा उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिका सदस्यको बहुमत देखिएपछि ठाकुर पक्षले आधिकारिता गुमाउने देखिएको छ।