शनिबार, भाद्र २७ गते २०८३
images

मुलुकभर २९९ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु

एक्सप्रेस पाना
मंसिर २, २०७८ बिहीबार
  • 326
    SHARES
  • मुलुकभर २९९ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु

    मंसिर २ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १५१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ ।

    images

    पछिल्लो २४ घण्टामा २६० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९९ हजार १७६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ ।