काठमाडौँ । जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादवले बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर आफ्नो पक्षमा जुटेको भन्दै पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् । सोमबार निर्वाचन आयोग परिसरमा पुगेका अध्यक्ष यादवले छिट्टै देउवा सरकारमा पार्टी सहभागी हुने बताएका हुन् ।
याति बेला आयोगमा जसपाको केन्द्रीय कार्यकारिणी सदस्यहरू सनाखत भइरहेको छ । जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको पार्टी आधिकारिकताको विवादलाई ‘हेड काउन्ट’ नीति लिएर आयोगले टुङ्ग्याउन लागेको छ ।
यसैबीच यादबले आफ्नो पक्षमा ३४ जनाले सनाखत गरिसकेको जनाएका छन् । आयोगले जेलमै पुगेर रेशम चौधारिको पनियो सनाखत लिनेछन यद्यपि चौधरीले कुन पक्षमा सनाखत गर्ने भन्नेबारे अझै खुलेको छैन । चौधरीलाई ठाकुर पक्षको नेता मानिए पनि पछिल्लो समयमा उनी आफु ठाकुर(महतोसंग असन्तुस्ट रहेको बताउँदै आइरहेका छन् ।
.jpg)


