आइतबार, कार्तिक १६ गते २०८३
images
images

सनाखतको लागी रेशम चौधरी पुगे निर्वाचन आयोग

एक्सप्रेस पाना
श्रावण ११, २०७८ सोमबार
  • 346
    SHARES
  • सनाखतको लागी रेशम चौधरी पुगे निर्वाचन आयोग

    काठमाडौँ ।  टीकापुर घटनामा निलम्बित सांसद रेशम चौधरी पनि निर्वाचन आयोग पुगेका छन्। सोमबार जनता समाजवादी पार्टी जसपा को आधिकारिकता विवादमा केन्द्रीय कार्यकारणी समिति सदस्यको सनाखतका लागि चौधरी आयोग पुगेका हुन्।

    images

    उनलाई डिल्लीबजार कारागारबाट आयोग लगिएको हो। नेता चौधरी सोमबार दिउँसो कडा सुरक्षाका बीच आयोग पुगेका थिए।

    जसपाका केन्द्रीय कार्यकारिणी सदस्य चौधरीले उपेन्द्र यादव समूहका लागि हस्ताक्षर गर्ने बुझिएको छ। यसअघि आयोगले सनाखतका लागि जसपाका ५१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई आयोगमा उपस्थित हुन आग्रह गरेको थियो।

    images