आइतबार, भाद्र २८ गते २०८३
images

आज थप २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
मंसिर ३, २०७८ शुक्रबार
  • 507
    SHARES
  • आज थप  २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

    मंसिर ३ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९७२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १३ हजार ८५३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ सय ६९ जना कोरोना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९९ हजार ५५ पुगेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ ।

    images