काठमाडौँ । जसपा विवादको निरुपणका लागि हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरीले नेताहरूसँग छलफल गरेर मात्र निर्णय लिने बताएका छन्। नेता चौधरीले पहिला आफूले दुवै पक्षका नेताहरूसँग सल्लाह गर्ने र त्यसपछि मात्र निर्णय लिने बताए।
पार्टीको आधिकारिता विवादमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच विवाद हुँदा आयोगले सोमबार हेड काउन्ट गर्दैछ। त्यसकै लागि रेशम चौधरीलाई बागबजार कारागारबाट निर्वाच आयोग ल्याइएको हो।
पार्टीमा विवाद बढेपछि उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दावी गर्दै आयोगमा निवेदन दिएपछि आयोगले इजलास गठन गर्दै आधिकारिकता विवाद टुङ्ग्याउन लागेको हो। यादवको पक्षमा ५१ कार्यकारिणीमध्ये ३४ जनाले हस्ताक्षर गरिसकेका छन्।
.jpg)


