आइतबार, भाद्र २८ गते २०८३
images

२ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, ४४४ जना कोरोनामुक्त

एक्सप्रेस पाना
मंसिर ४, २०७८ शनिबार
  • 516
    SHARES
  • २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, ४४४ जना कोरोनामुक्त

    मंसिर ४ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १३६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १४ हजार ०९५ पुगेको छ ।

    images

    पछिल्लो २४ घण्टामा देशभर ४ सय ४४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९९ हजार ९८९ पुगेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ ।

    images