शनिबार, भाद्र २७ गते २०८३
images

चीनबाट ४० लाख भेरोसेल खोप ल्याइँदै

एक्सप्रेस पाना
आषाढ २१, २०७८ सोमबार
  • 370
    SHARES
  • नेपाल सरकारले चीनको बेइजिङबाट कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोप ४० लाख डोज ल्याउने भएको छ । सरकारले खरिद गरेको उक्त खोप नेपाल वायुसेवा निगमले तीनवटा उडानमार्फत् ल्याउने छ ।
    अबको चार दिनपछि खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भेरोसेल खोप लिनका लागि जुलाई ८ तारिख अर्थात् असार २४ गते बिहीबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए । यस्तै दोस्रो र तेस्रो उडान क्रमशः जुलाई १५ र २२ मा हुनेछ । 
    ​सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरिदका लागि ‘नन् डिस्क्लोजर एग्रीमेन्ट’ गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले बताए । यसअघि चीन सरकारले अनुदान सहयोगमा नेपाललाई १८ लाख डोज भेरोसेल खोप उपलब्ध गराइसकेको छ । 

    images

    अब कोरोनाविरुद्धको खोप निरन्तर आपूर्ति हुने र देशव्यापी रुपमा खोप अभियान सञ्चालन हुने प्रवक्ता पौडेल बताउँछन् । हालसम्म नेपालले ४२ लाख ४८ हजार मात्रा खोप प्राप्त गरिसकेको छ भने आजसम्म कुल जनसंख्याको ९ प्रतिशतले अर्थात् २५ लाख ७४ हजार ७१५ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै, ७ लाख ५७ हजार ३८० जना अर्थात् ३ प्रतिशतले दोस्रो मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सुरुमा नेपाललाई भारत सरकारले अनुदानस्वरुप १० लाख डोज कोभिशिल्ड खोप दिएको थियो । सरकारले भारतसँग ५० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेर २० लाख डोजका लागि रकम भुक्तानी गरे पनि १० लाख डोजमात्रै भारतले उपलब्ध गराएको हो । यस्तै कोभ्याक्स सुविधामार्फत अक्सफोर्ड एस्ट्राजेनेकाकै ३ लाख ४८ हजार डोज कोभिशिल्ड खोप नेपालले प्राप्त गरिसकेको छ । यसरी भारत सरकार दिएको अनुदान सहयोग, खरिद र कोभ्याक्स सुविधामार्फत २४ लाख ४८ हजार मात्रा कोभिशिल्ड खोप नेपालले प्राप्त गरेको छ । 

    images

    हालसम्म ४ लाख ११ हजार ६ जनाले कोभिशिल्डको दोस्रो डोज  लाइसकेका छन् भने १५ लाख नागरिकलाई सरकारले कोभिशिल्डको दोस्रो मात्रा उपलब्ध गराउन सकेको छैन ।

    पहिलो मात्रा कोभिशिल्ड र दोस्रो मात्रा भेरोसेल लगाउन हुन्छ रु

    नेपालमा कोभिशिल्ड खोप दोस्रो डोजका लागि अभाव भइरहेको समयमा भेरोसेल खोप भने केही दिनमै ४० लाख डोज आउने भएको छ । त्यसैले पहिलो मात्रा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्रा लगाउन बञ्चित भएकाहरुमा भेरोसेल खोप लगाउन मिल्छ कि मिल्दैन भन्ने चासो बढेको छ ।

    पहिलो मात्रा लगाएको १० देखि १२ हप्ताको बीचमा दोस्रो मात्रा कोभिशिल्ड खोप दिने घोषणा गरे पनि सरकारले १५ लाख नागरिकलाई दोस्रो मात्रा उपलब्ध गराउन सकेको छैन ।

    भेरोसेल र कोभिशिल्ड खोप निर्माण गर्ने क्रममा म्याचिङ नगरिएको सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन बताउँछन् । ‘दुई प्रकारका खोप लाईसकेपछि स्वास्थ्य समस्या आउन भएन, प्रभावकारिता हुनुपर्छ,’ उनी भन्छन्, ‘पहिलो डोज कोभिशिल्ड खोप लगाएकाले दोस्रो डोज भेरोसेल लगाउँदा के हुन्छ भन्ने बारेमा पूर्णरुपमा अध्ययन भइसकेको छैन ।’ 

    उनका अनुसार पहिलो डोज कोभिशिल्ड लगाएकाहरुले दोस्रो डोजमा भेरोसेल खोप लगाउन हुँदैन । पहिलो मात्रा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्रा भेरोसेल लगाउँदा स्वस्थता र प्रभावकारिता हुन्छ वा हुँदैन भन्नेबारे अध्ययनबिना भन्न नसकिने उनको भनाइ छ । 

    उता विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले पहिलो मात्रा एस्ट्राजेनेका ९कोभिशिल्ड० खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भ्रामक प्रचारप्रसार भएको प्रष्ट पारेको छ । हालसम्म पहिलो मात्रा एस्ट्राजेनेका ९कोभिशिल्ड० खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा प्रभावकारी हुन्छ भनेर स्वीकृत नगरेको विश्व स्वास्थ्य संगठनले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

    यस्तै कोभिशिल्ड खोपप्रतिको विश्वसनीयतामाथि युरोपेली संघले आशंका व्यक्त गरेको छ । युरोपेली संघले कोरोना भाइरसविरुद्धको सबै खोप लगाएकालाई यात्रा गर्न नदिने भएको छ । संघको चिकित्सासम्बन्धी कार्यालयले भारतमा बनाइएको कोभिशिल्ड लगायतका केही खोप लगाएकाहरुलाई भने विश्वास गर्न नसकिने जनाएको हो । 

    चिकित्सा कार्यालयले कोभिशिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरुलाई युरोप प्रवेश गर्न अनुमति नदिन सकिने निश्कर्ष निकालेको हो ।

    दुवै डोज खोप लगाउँदा कोभिडबाट ९८ प्रतिशत सुरक्षा हुने अध्ययनको दाबी  

    कोभिडको दुवै डोज खोप लगाउँदा कोरोना संक्रमणबाट हुने   मृत्युबाट ९८ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको हो ।

    भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ । 

    सो अध्ययनले एक डोजमात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशतसम्म मृत्युबाट बचाउने देखिएको हो । भारत सरकार निकट एक थिङ्क ट्याङ्क संस्था एनआइटीआईले गरेको सो अध्ययनबाट उक्त तथ्य प्रकाशमा आएको हो ।

    एक डोजमात्र खोप लगाएका तथा दुवै डोज खोप लगाएकाहरुमा गरिएको अनुसन्धानमा खोप नलगाएकाको तुलनामा लगाएका प्रहरीको मृत्यु दर निकै कम थियो । त्यसैगरी दुवै डोज खोप लगाएकामा मृत्युबाट जोगाउनसक्ने ९८ प्रतिशत सुरक्षा रहेको पाइएको थियो ।