काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन्। सभामुख सापकोटाको निवास लैनचौरमा उनीहरुबीच भेटघाट भएको हो।
त्यसअघि अध्यक्ष प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। नेपालसँगको भेटमा प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका थिए। प्रचण्डले यसअघि पनि नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन्।
आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा शून्य समय र विशेष समयसमेत राखिएको छ।
.jpg)


