आइतबार, कार्तिक १६ गते २०८३
images
images

सरकार संसद्सँग डराउनु पर्ने गगन थापाको भनाई  

एक्सप्रेस पाना
श्रावण १२, २०७८ मंगलबार
  • 423
    SHARES
  • सरकार संसद्सँग डराउनु पर्ने गगन थापाको भनाई  

    काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद् गगन थापाले सरकार संसदसँग डराउनु पर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद् सरकारबाट नभइ सरकार संसद बाट डराउनुपर्ने बताएका हुन्।

    images

    सांसद् थापाले नयाँ सरकारलाई पहिलाको सरकारलाई जस्तो संसद्लाई हेप्ने, अदालतलाई हप्काउने, विधि र विज्ञान नमान्ने, आसेपासे पोस्ने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने जस्ता अपराध गर्ने छुट नभएको बताए।

    परीक्षा प्रधानमन्त्रीको मात्र नभएको सभामुखको पनि भएको बताउँदै थापाले संविधानको धाराले प्रतिनिधिसभा र सांसदको अधिकारले सरकार पुनःस्थापित भएको स्पष्ट पारे।

    images