शनिबार, भाद्र २७ गते २०८३
images

आज थप ३०८ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

एक्सप्रेस पाना
मंसिर ९, २०७८ बिहीबार
  • 496
    SHARES
  • आज थप ३०८ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

    मंसिर ९ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९०९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १५ हजार ७०९ पुगेको छ ।

    images

    पछिल्लो २४ घण्टामा देशभर २ सय ९८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १ हजार ४२० पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।