आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेसमा नयाँ चार लाख क्रियाशील सदस्य थप  

एक्सप्रेस पाना
श्रावण १२, २०७८ मंगलबार
  • 593
    SHARES
  • कांग्रेसमा नयाँ चार लाख क्रियाशील सदस्य थप  

    काठमाडौँ । नेपाली काँग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । १४ औँ महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई काँग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा चार लाख नौ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका हुन् ।

    images

    नेपाली काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या साढे ८ लाख पुगेको छ। चार लाख ४३ हजार ६ सय ७८ जना नयाँ सदस्य थपिएसँगै सङै काँग्रेसमा क्रियाशील सदस्यको सङ्ख्या ८ लाख पुगेको हो ।

    काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील छानबिन समितिले मङ्गलवार समितिको प्रतिवेदन सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

    images

    समितिले बुझाएको प्रतिवेदनमा ६ लाख ५३ हजार ४३८ पुरुष क्रियाशील सदस्य रहेका छन् भने महिला सदस्यता १ लाख ९९ हजार ९७ जना मात्रै छन् । अन्यमा १७६ क्रियाशील सदस्य रहेका छन् ।

    सबैभन्दा धेरै क्रियाशील सदस्य वाग्मती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना छन् ।
    समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुङ्गो लगाउन नसकेको जनाएको छ।