काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी हुने बताएका छन्। मंगलबार पार्टी स्थायी समिति बैठकमा प्रचण्डले नेता नेपाल पक्ष सरकारमा सहभागी हुने ‘ब्रिफिङ’ गरेको एक नेताले जानकारी दिए।
मंगलबार बिहान नेता नेपालसँग भेटेका प्रचण्डले सरकारमा सहभागी हुन उनी राजी भएको बताएका हुन्। एक स्थायी समिति सदस्यले प्रचण्डको भनाइ उदृत गर्दै भने, ‘नेपाल पनि सरकारमा सहभागी हुन राजी हुनुभएको छ।’ बुधबार बिहान सत्तापक्षीय गठबन्धनको बैठकमा मन्त्रालयको भागबन्डा हुने प्रचण्डले बताएका छन्।
नेपालपक्ष कुन रुपमा सहभागी हुने त्यहीँ स्पष्ट हुने प्रचण्डले बताएका हुन्। एमालेको एकता प्रक्रिया चलिरहेका बेला प्रचण्डलाई नेपालले सरकारमा सहभागी हुने बताएका हुन्। प्रदेश प्रमुख र अन्य नियुक्ति पनि नेपाल पक्षलाई समेट्ने तयारी गठबन्धनले गरेको छ।
.jpg)


