आइतबार, भाद्र २८ गते २०८३
images

आज थप २५८ जनामा कोरोना पुष्टि

एक्सप्रेस पाना
मंसिर १३, २०७८ सोमबार
  • 479
    SHARES
  • आज थप २५८ जनामा कोरोना पुष्टि

    मंसिर १३ काठमाडौं । मुलुकभर आज २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    यस्तै कोरोना संक्रमणका कारण आज थप १ जनाको मृत्यु भएको छ भने २६४ जना निको भएका छन् ।

    सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार६०९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ भने ८ लाख २ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् ।

    images