शनिबार, भाद्र २७ गते २०८३
images

पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
मंसिर १५, २०७८ बुधबार
  • 329
    SHARES
  • पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि

    १५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७ नमुना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २५९ जना भने निको भएका छन् भने ३ जानाको मृत्यु भएको छ ।
    बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार १८० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ भने ८ लाख ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ जना रहेका छन् । जसमध्ये ६ हजार ६१० जना होम आइसोलेसनमा रहेका छन् भने ३४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२० जना आईसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    images

    यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९ जना कोरोना संक्रमित थपिएका छन् ।