आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्री निवासमा सत्तारुढ गठबन्धनको बैठक जारी

एक्सप्रेस पाना
श्रावण १३, २०७८ बुधबार
  • 330
    SHARES
  • प्रधानमन्त्री निवासमा सत्तारुढ गठबन्धनको बैठक जारी
    काठमाडौँ ।  मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक जारी छ। बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल हुनेछ।
     
    बैठकमा गठबन्धनका शीर्ष नेताहरुको सहभागिता रहेको छ। प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै शीर्ष नेतासँग मन्त्रिमण्डल विस्तार गर्न आन्तरिक गृहकार्य अगाडि बढाएको देखिन्छ।
     
    जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएसँगै मन्त्रिमण्डल विस्तारको गृहकार्य तीव्र बनेको छ। तर नेपाल समूहलाई समावेश गरेर मन्त्रिमण्डललाई पूर्णता दिनुपर्नेमा जोड गरिरहे पनि नेपाल समूहले अझै कुनै निर्णय दिन सकेको छैन।
     
    प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन्। गठबन्धनमा आबद्ध दलहरुले नेपाल समूहलाई समावेश गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन जोड दिएका छन्।