शनिबार, भाद्र २७ गते २०८३
images

अब यी ११ मुलुकबाट नेपाल आउँदा १० दिन अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने

एक्सप्रेस पाना
मंसिर १६, २०७८ बिहीबार
  • 249
    SHARES
  • अब यी ११ मुलुकबाट नेपाल आउँदा १० दिन अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने

    मंसिर १६ काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’लाई मध्यनजर गर्दै विभिन्न ११ मुलुकबाट नेपाल आउनेले अब अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

    images

    कोभिड–१९ संकट व्यवस्थापन समान्वय केन्द्र (सीसीएमसी) र  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइन बस्नैपर्ने बताएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकी मुलुकहरुमा फैलिरहेको छ । यसबाट बच्नका लागि नेपालले पनि सुरक्षा अवस्था कडा बनाएको हो ।

    नेपाल सरकारले बेल्जियम, बोत्सवाना, इस्वाटिनी, लेसोथो, मोजाम्बिक, जिम्बाब्वे, दक्षिण अफ्रिका, हङकङ, इजरायल र तान्जेनियाबाट आउने नागरिकहरुले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने बाध्यकारी निमय ल्याएको हो।

    images

    त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वयमा यात्रुहरुलाई क्वारेन्टाइनको व्यवस्था गरिने बताएको छ । उनीहरुलाई हाल होटल क्वारेन्टाइनमै राखिने बताइएको छ ।