मंसिर २० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ३ सय ५७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०४ हजार ९०१पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ ।


