आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेमा आधिकारीकता लिएको छैन : टोपबहादुर रायमाझी 

एक्सप्रेस पाना
श्रावण १३, २०७८ बुधबार
  • 869
    SHARES
  • एमालेमा आधिकारीकता लिएको छैन : टोपबहादुर रायमाझी 

    काठमाडौँ । एमालेमा आधिकारीकता नलिएको टोपबहादुर रायमाझीले अभिव्यक्ती दिएका छन् ।  नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले हालसम्म पनि आफू माओवादी केन्द्रकै नेता रहेको दावी गरेका छन्। नेता रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको बताएका छन्।

    images

    बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन्। उनले दायर गरेको रिटको मुद्दाको संक्षिप्त खण्डको ख मा केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा आजसम्म औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको बताएका छन्।

    नेपाल कम्युनिस्ट पार्टी नेकपा टुक्राउने अदालतको निर्णयपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायतका नेताहरूले आफूहरू ओली नेतृत्वको नेकपामा गएको घोषणा गरेका थिए।

    images