काठमाडौँ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा नेकपा एमालेको माधव नेपाल समुह तत्काल सहभागी नहुने भएको छ ।
प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए, जसमा नेपाल पक्षबाट डा विजय पौडेल सहभागी भएका थिए ।
पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । त्यसमा जवाफ दिँदै पौडेलले ‘भने हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं भन्यौं,’ । सरकारमा तत्काल निर्णय लिन नसकिने बताएका छन् ।
.jpg)


