आइतबार, भाद्र २८ गते २०८३
images

थप २११ जनामा कोरोना संक्रमण पुष्टि, ३२९ जना निको भएर घर फर्किए

एक्सप्रेस पाना
मंसिर २३, २०७८ बिहीबार
  • 562
    SHARES
  • थप २११ जनामा कोरोना संक्रमण पुष्टि, ३२९ जना निको भएर घर फर्किए

    मंसिर २३ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४५१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १९ हजार २५५ पुगेको छ ।

    images

    यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ सय २९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०५ हजार ९०० पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ ।