काठमाडौँ । माओवादी केन्द्रले निलम्बन गरेका चार सांसदको रिट सर्वोच्च अदालतका न्यायाधीश दीपक कुमार कार्कीको इजलासमा सुनुवाइ हुने भएको छ। सांसद पदमा पुनर्बहालीको माग राख्दै चार जना पूर्वमाओवादी नेताहरूले बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए।
पूर्वमाओवादी नेताहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पदमा पुनर्बहालीको माग राख्दै बुधवार सर्वोच्च अदालतमा अलग अलग रिट दायर गरेका थिए। उनीहरूको रिटमा सुनुवाईका लागि न्यायाधीश कार्कीको इजलासमा पेशी तोकिएको हो।
आफूहरू एमालेमा प्रवेश नगरेकोले माओवादी केन्द्रमै रहेको उनीहरूको जिकिर छ। एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि यी चारै जना नेताहरू पद छाड्ने तर ओलीको साथ नछाड्ने भन्दै एमालेतिर लागेका थिए। तर माओवादी केन्द्र त्यागेको भन्दै पार्टीले सांसद पदबाट बर्खास्त गरेको तीन महिनापछि उनीहरू पुनर्बहालीको माग राखेर सर्वोच्च गएका हुन्।
.jpg)


