शनिबार, भाद्र २७ गते २०८३
images

एसईईको नतिजा साउन २५ गतेभित्र प्रकाशन हुने 

एक्सप्रेस पाना
श्रावण १४, २०७८ बिहीबार
  • 413
    SHARES
  • एसईईको नतिजा साउन २५ गतेभित्र प्रकाशन हुने 

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा एसईईको आन्तरिक मुल्यांकनको नतिजा यही साउन २५ गतेभित्र प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्ड ,परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले साउन २५ गते भित्रमा २०७७ को एसईई नतिजा प्रकाशित गर्ने गरी अहिले तीव्ररूपमा काम भैरहेको बताउनुभयो ।

    images


    कुनै प्राबिधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सबै जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आएर ईन्ट्री गरिसकिएको र नम्बर रुजु गर्ने काम भैरहेको परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो ।