शनिबार, भाद्र २७ गते २०८३
images

आज थप २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि 

एक्सप्रेस पाना
मंसिर २९, २०७८ बुधबार
  • 468
    SHARES
  • आज थप २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि 

    काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ९९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २० हजार ८८९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ सय जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०७ हजार ८१६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ ।